निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू « Khabarhub

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन् ।
 
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) र निर्वाचन पर्यवेक्षक समिति नेपाल (इओक)ले आज पत्रकार सम्मेलनमार्फत सिङ्गो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन् ।
 
ती संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल र उम्मेदवारका तर्फबाट निर्वाचन प्रचार–प्रसार उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।’
 
देश निर्वाचन उत्सवका लागि तयार भएसँगै मतदाता पनि देश–विदेशबाट आ–आफ्नो मतदान केन्द्र पुग्ने क्रम चलिरहेको जनाउँदै पर्यवेक्षक संस्थाहरूले निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारस्तम्भ भएकाले यसलाई सफल तुल्याउन आह्वान गरेका छन् ।
 
नियोगका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटी, जियोक महासविच कृष्णमान प्रधान, महासङ्घका अध्यक्ष अर्जुन भट्टराई र इओक अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै जुटौँ, ऐतिहासिक निर्वाचन उत्सवलाई सफल पारौँ ।’
 
उनीहरूले यही फागुन २१ मा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु सबैको साझा जिम्मेवारी भएकाले उत्साहपूर्वक सहभागी हुन र आ–आफ्नो सहयोग पुर्‍याउन अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : ४८ बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’