राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल « Khabarhub

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन् ।

कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने संकल्पसहित पार्टी अगाडि बढिसकेको बताए। 

महामन्त्री पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए।

‘पार्टीभित्र रूपान्तरणको सुरुआत भएको छ । यसले देशभर उत्साह थपिएको छ । यो उत्साहलाई देश रूपान्तरण गर्ने प्रक्रियामा जोड्छौँ । देशमा रहेका समस्या समाधानका लागि नयाँ ढङ्गले अगाडि बढ्छौँ’, उनले भने।

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई रूपान्तरणको सन्देश र देश विकासको दृष्टिकोण लिएर मतदातामाझ पुग्न आग्रह गरे।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ६ : १३ बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’