इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित « Khabarhub

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम जब्बारीले इरान वर्षौंसम्म लड्न तयार रहेको बताएका छन्।

उनले छिट्टै अझै हतियार सार्वजनिक गरिने दाबी गरेका छन् । यसअघि कहिल्यै नदेखिएका हतियारबाट अब आक्रमण गरिने उनले बताएका छन्।

उनले हालैका हमलामा प्रहार गरिएका मिसाइलहरू पुरानो स्टकपाइलबाट प्रयोग गरिएको दाबी पनि गरेका छन्।

स्टकपाइल भन्नाले पहिले नै जम्मा गरेर राखिएको हतियार भण्डार बुझिन्छ, जसलाई आवश्यकता पर्दा तुरुन्त प्रयोग गर्न सकिन्छ।

सर्वोच्च नेता खामेनेई जीवित

इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सर्वोच्च नेता अली खामेनेई र राष्ट्रपति मसूद पजेश्कियान जीवित रहेको बताएका छन्। उनका अनुसार लगभग सबै उच्च अधिकारी सुरक्षित र स्वस्थ छन्।

अराघचीले सम्भवतः १ वा २ जना कमान्डर मारिएका हुन सक्ने तर त्यो ठूलो समस्या नभएको बताएका छन्।

उनले अमेरिकामाथि प्रश्न उठाउँदै भने, ‘ऊ किन वार्ता सुरु गर्न जोड दिन्छ र फेरि वार्ताकैबीच अर्को पक्षमाथि हमला गर्छ, बुझ्न गाह्रो छ।’

विदेश मन्त्री अराघचीका अनुसार बिहीबार भएको वार्तामा यसपटक ठूलो प्रगति भएको थियो।

इजरायली हमलापछि इरानी शीर्ष नेतृत्व मारिएको वा घाइते भएको अड्कलबाजीबीच अराघचीको यो बयान आएको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : २४ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम