इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित « Khabarhub

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम जब्बारीले इरान वर्षौंसम्म लड्न तयार रहेको बताएका छन्।

उनले छिट्टै अझै हतियार सार्वजनिक गरिने दाबी गरेका छन् । यसअघि कहिल्यै नदेखिएका हतियारबाट अब आक्रमण गरिने उनले बताएका छन्।

उनले हालैका हमलामा प्रहार गरिएका मिसाइलहरू पुरानो स्टकपाइलबाट प्रयोग गरिएको दाबी पनि गरेका छन्।

स्टकपाइल भन्नाले पहिले नै जम्मा गरेर राखिएको हतियार भण्डार बुझिन्छ, जसलाई आवश्यकता पर्दा तुरुन्त प्रयोग गर्न सकिन्छ।

सर्वोच्च नेता खामेनेई जीवित

इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सर्वोच्च नेता अली खामेनेई र राष्ट्रपति मसूद पजेश्कियान जीवित रहेको बताएका छन्। उनका अनुसार लगभग सबै उच्च अधिकारी सुरक्षित र स्वस्थ छन्।

अराघचीले सम्भवतः १ वा २ जना कमान्डर मारिएका हुन सक्ने तर त्यो ठूलो समस्या नभएको बताएका छन्।

उनले अमेरिकामाथि प्रश्न उठाउँदै भने, ‘ऊ किन वार्ता सुरु गर्न जोड दिन्छ र फेरि वार्ताकैबीच अर्को पक्षमाथि हमला गर्छ, बुझ्न गाह्रो छ।’

विदेश मन्त्री अराघचीका अनुसार बिहीबार भएको वार्तामा यसपटक ठूलो प्रगति भएको थियो।

इजरायली हमलापछि इरानी शीर्ष नेतृत्व मारिएको वा घाइते भएको अड्कलबाजीबीच अराघचीको यो बयान आएको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : २४ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय