व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू « Khabarhub

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन कडा चेतावनी जारी गरेको छ। इरानमाथि भएका हालैका आक्रमणहरूपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै अमेरिकी यातायात मन्त्रालयले यस्तो आग्रह गरेको हो।

मन्त्रालय अन्तर्गतको सामुद्रिक प्रशासनले एक विज्ञप्ति जारी गर्दै स्ट्रेट अफ हर्मुज, ओमानको खाडी र अरब सागरमा महत्त्वपूर्ण सैन्य गतिविधि भइरहेको जनाएको छ। सुरक्षा जोखिम उच्च रहेकाले सम्भव भएसम्म व्यापारिक जहाजहरूलाई यी क्षेत्रहरूबाट टाढा रहन सुझाव दिइएको छ।

विशेष गरी अमेरिकाको झण्डा बोकेका, अमेरिकी स्वामित्वमा रहेका वा अमेरिकी चालक दल भएका जहाजहरूलाई अमेरिकी सैन्य जहाजहरूबाट कम्तीमा ३० समुद्री माइल अर्थात् करिब ५६ किलोमिटरको दूरी कायम गर्न भनिएको छ । कुनै पनि जहाजलाई अन्जानमा खतरा ठानेर आक्रमण नहोस् भन्नाका लागि यस्तो चेतावनी दिइएको अल जजीराले जनाएको छ ।

यसैबीच, कतारको यातायात मन्त्रालयले पनि आफ्नो क्षेत्रमा सामुद्रिक आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। मध्यपूर्वमा बढ्दो सैन्य सक्रियताका कारण अन्तर्राष्ट्रिय जलमार्गहरू असुरक्षित बन्दै गएपछि विभिन्न देशहरूले आफ्ना ढुवानी मार्गहरूमा कडाइ गर्न थालेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : ३० बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको