यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी « Khabarhub

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जीमा उनको ठेगाना सूर्यविनायक नगरपालिका–७, गुण्डु उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ३३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको