यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी « Khabarhub

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जीमा उनको ठेगाना सूर्यविनायक नगरपालिका–७, गुण्डु उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ३३ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को