गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ « Khabarhub

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन’ भन्दै दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका हुन्।

उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन्।

‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,’उनले लेखेका छन्।

गृहमन्त्री गुरूङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेर दुवैलाई समातेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको हो ।

यसअघि जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ४३ बजे

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

बारा– लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र