सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत « Khabarhub

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था सिर्जना गर्न खोजेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

सचिव बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको मुख्य सूचक भएको स्मरण गराउँदै सरकारले नेपालको छवि धूमिल बनाउने काम भएको टिप्पणी गर्नुभयो । उनले बालेन नेतृत्वको सरकारले सुधन गुरुङ्गजस्ता अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेर अराजकता फैलाएको आरोप लगाए ।

उनले भनेका छन्– ‘बालेन सरकारद्वारा सुधन गुरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।’

सरकारी सम्पदा र आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरी प्रशासन लोकतन्त्रका लागि लडेका नेताहरूलाई समात्न हजारौँको सङ्ख्यामा परिचालन हुनु दुःखद भएको उल्लेख गरेका छन् । उनले यो पक्राउ प्रकरणले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी समेत दिएका छन् ।

उनले एमालेको रणनीति, पक्राउको विरोध र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि एमालेले आजैदेखि सडक आन्दोलन सुरु गर्ने उनको घोषणा छ ।

सचिव बस्नेतले प्रतिशोधको राजनीति विरुद्ध एकजुट हुन र प्रदर्शनमा सहभागी हुन कार्यकर्ता तथा आम सर्वसाधारणलाई अपील गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ५२ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले