असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी « Khabarhub

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपदका घटना भएका थिए । विपदका कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ ।    

घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन् । ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत रोकथाम गर्न सकिने भएपनि लापरवाहीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणहरूमा देखिन्छ ।

प्राधिकरणका अनुसार, ललितपुर, रूपन्देही र सल्यानका विभिन्न जंगलमा डढेलो लागेको थियो । यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रूपन्देही, बाग्लुङ, कास्की, ललितपुर, काभ्रेपलान्चोकका एक एक स्थानमा आगलागीका घटना भएका छन् । रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ ।

यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन् । पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ । पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन् । प्राधिकरणले विपदमा जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १२ : ४६ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल