रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार « Khabarhub

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सक्रिय बनेको छ । 

प्राकृतिक बनावट, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थासँग जोडिएको यस गुफालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको हो ।

ओझेलमा परेको यो स्थानको उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले संरक्षण, पहुँच विस्तार र प्रचारप्रसारका कामलाई प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ । गुफा आसपासको स्थानको संरक्षण, बाटो व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाइएको छ ।

गुफासँगै रहेको राज गैया देवी थानका कारण यस क्षेत्रको धार्मिक महत्वसमेत उच्च रहेको वडाध्यक्ष कुमार विष्टले जानकारी दिए । उनका अनुसार गुफासम्म पुग्न सहज बनाउन सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ । जसले स्थानीय तथा आगन्तुकलाई सहज पहुँच दिएको छ। पहिले यहाँ पुग्न निकै कठिन रहेकोमा अहिले संरचना बनेपछि पुग्न सहज भएको उनको भनाइ छ ।

वडाको सीमित स्रोतसाधनका बाबजुद पनि हरेक वर्ष थोरै भए पनि बजेट छुट्याएर संरक्षण तथा पूर्वाधार विकासका कामलाई निरन्तरता दिइएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै रु ५० हजार बजेट विनियोजन गरिएको छ । 

‘चमेरे गुफा र राज गैया देवीथान हाम्रो वडाको पहिचान र गौरवका विषय हुन्,’ वडाध्यक्ष विष्टले भने,’यस क्षेत्रलाई व्यवस्थित बनाउँदै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।’

स्थानीय बुढापाकाका अनुसार प्राचीन समयमा युद्धका बेला एक रानीले यही गुफामा लुकेर ज्यान जोगाएको किम्बदन्ती छ । यही ऐतिहासिक कथासँग जोडिएर यहाँको गाउँको नाम ‘रानीबास’ रहन गएको स्थानीय रामप्रसाद सुवेदीले बताए। 

‘यो गुफा केवल ढुंगाको संरचना मात्र होइन’, उनले भने, ‘हाम्रो इतिहास र पहिचानसँग जोडिएको धरोहर हो । यसलाई राज्यले ध्यान दिन आवश्यक छ ।’ 

उनका अनुसार गुफाको भित्री संरचना, प्राकृतिक बनावट र वातावरण आफैँमा अत्यन्त आकर्षक र रहस्यमय छ । उचित संरक्षण र प्रचारप्रसार गर्न सके यो क्षेत्र प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको उनले बताए। 

गुफाबाट करिब डेढ किलोमिटर माथि रहेको अर्को ऐतिहासिक स्थल जोरआहाल संखामचुलीसम्म पुग्न सकिने भए पनि २०७२ सालको भूकम्पपछि केही स्थानमा बाटो अवरुद्ध भएको स्थानीय नविन राईले जानकारी दिए। उक्त क्षेत्रको पुनःसंरचना गर्न सके थप पर्यटकीय आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यसैगरी, गुफा नजिकै रहेको राज गैया थानमा प्रत्येक वर्ष बैशाखे पूर्णिमाका दिन स्थानीयले भव्य पूजा–आजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको संगम भएकाले यो क्षेत्रलाई विशेष महत्वको रूपमा लिइन्छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि दीर्घकालीन योजना बनाएर काम भइरहेको बताए। 

‘पर्यटनको माध्यमबाट स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष राईले भने। गाउँपालिका केन्द्र घोडेटारबाट नजिकको दूरीमा रहेकोले अहिले पनि धेरै जना यो गुफा अवलोकन गर्न तथा राज गैया थानको दर्शन गर्न आउनेको गरेको स्थानीयबासीले बताएका छन् । 
 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : २९ बजे

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल