गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने  « Khabarhub

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्।

गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की  र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् ।

उनीहरू पुगेसँगै सरकारले चाल्न सक्ने सम्भावित सुरक्षा कदमको विषयमा गम्भीर छलफल भइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पुराना दलका नेता जोडिएका फाइल खोलेर धरपकड बढाउने तयारी गरिएको छ । 

उनीहरूसँग नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबारमा छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। उता कांग्रेसको एउटा समूह पनि आन्दोलनमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ११ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ