गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने  « Khabarhub

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्।

गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की  र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् ।

उनीहरू पुगेसँगै सरकारले चाल्न सक्ने सम्भावित सुरक्षा कदमको विषयमा गम्भीर छलफल भइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पुराना दलका नेता जोडिएका फाइल खोलेर धरपकड बढाउने तयारी गरिएको छ । 

उनीहरूसँग नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबारमा छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। उता कांग्रेसको एउटा समूह पनि आन्दोलनमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ११ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको