पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’ « Khabarhub

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला कि भन्ने चिन्ता सुरु हुन्छ ।

वर्षापछि छानोबाट झर्ने पानीसँगै उनका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठुलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उनका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।

फरक क्ष्मता (अपाङ्गता) भएका लिम्बू स्पष्टसँग बोल्न सक्दैनन् । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उनी श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आएका छन् । ‘हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ’, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भने, ‘यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।’

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उनको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उनले गुजारा चलाउँदै आएका छन् । सीमित आम्दानीबिच पनि उनले एउटा गाई, केही बाख्रा र सुँगुर पालेका छन् । ‘त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ’, कृष्णबहादुरले भने ।

उनका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राखेका छन् । अहिले कक्षा ६ मा पढ्दै गरेकी ९ वर्षीया कान्छी छोरी उनीसँग छन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उनको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उनी यही कुरा दोहोर्‍याउँछन्, ‘घर बनाउनु छ ।’ उनको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।

यसैबिच उनको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गरेका छन् । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।

ुहालसम्म करिब तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्योु, जबेगुले भने, ‘कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।’ कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

जीवनभर संघर्षमा बिताएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उनले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भने, ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ४६ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण