ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती « Khabarhub

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा देखिन थालेको छ ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका विषय, साथै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे कांग्रेसले दुई फरक धारका विज्ञप्ति सार्वजनिक गरेको छ ।

पहिलो विज्ञप्ति पार्टी प्रवक्ता देवराज चालिसे मार्फत सार्वजनिक भयो, जसले घटनाप्रति पार्टीको औपचारिक धारणा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । तर त्यसको केही समयमै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै विज्ञप्ति जारी गरे । उनले पार्टीको लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा आफ्नो धारणा सार्वजनिक गरेपछि स्थिति थप पेचिलो बनेको हो ।

दुवै विज्ञप्तिको भाषा, शैली र सन्देश फरक–फरक देखिन्छ । एउटाले संयमित प्रतिक्रिया जनाउँदा अर्कोले कडा राजनीतिक सन्देश दिएको रूपमा बुझिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०९ बजे

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश