ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती « Khabarhub

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा देखिन थालेको छ ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका विषय, साथै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे कांग्रेसले दुई फरक धारका विज्ञप्ति सार्वजनिक गरेको छ ।

पहिलो विज्ञप्ति पार्टी प्रवक्ता देवराज चालिसे मार्फत सार्वजनिक भयो, जसले घटनाप्रति पार्टीको औपचारिक धारणा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । तर त्यसको केही समयमै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै विज्ञप्ति जारी गरे । उनले पार्टीको लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा आफ्नो धारणा सार्वजनिक गरेपछि स्थिति थप पेचिलो बनेको हो ।

दुवै विज्ञप्तिको भाषा, शैली र सन्देश फरक–फरक देखिन्छ । एउटाले संयमित प्रतिक्रिया जनाउँदा अर्कोले कडा राजनीतिक सन्देश दिएको रूपमा बुझिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०९ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको