काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न विश्वका नेताहरूसँग छलफल गरेका छन् । ओमानका सुल्तान हैथम बिन तारिक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग छुट्टाछुट्टै कुराकानीमा उनले शान्तिको आह्वान गरेका हुन् ।
ओमानका सुल्तानसँगको कुराकानीमा मोदीले ओमानको सार्वभौमसत्ता र अखण्डताको उल्लंघन भएकोमा निन्दा गरे । भारत र ओमान दुवै देश स्ट्रेट अफ हर्मुजबाट हुने समुद्री आवागमन सुरक्षित र स्वतन्त्र हुनुपर्ने पक्षमा उभिएका छन् ।
यस जलक्षेत्रलाई विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ । यसैगरी, फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँगको वार्तामा मोदीले कूटनीति र संवादको बाटोमा फर्कनुपर्ने आवश्यकता औँल्याए । क्षेत्रीय स्थिरताका लागि दुवै देशले नजिकबाट सहकार्य गर्ने उनले बताए ।
मलेसियाका प्रधानमन्त्रीसँगको कुराकानीमा पनि मोदीले मध्यपूर्वको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति पुनर्बहालीका लागि साझा प्रतिबद्धता दोहोर्याए ।
















प्रतिक्रिया