लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यही यथार्थसँग जुधिरहेको देखिन्छ। सरकार गठनमा निर्णायक भूमिका खेलेको एक महिनामात्र भएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी जटिल परीक्षणको चरणमा प्रवेश गरेको छ-शासकीय क्षमताको हक । तर प्रारम्भिक संकेतले देखाउँछन् कि लोकप्रियताबाट शासनतर्फको यात्रा सहज भइरहेको छैन।
पछिल्ला घटनाले धेरै बोल्छन् । ओखलढुङ्गाका सांसद विश्वराज पोखरेल एक विद्यालयका प्रधानाध्यापकसँग कठोर र अपमानजनक शैलीमा प्रस्तुत भएको भिडियो सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भयो । आफ्नै समर्थक खनिए । उनले माफी त मागे, तर उनको क्षयीकरण भइसकेको थियो। त्यो केवल जिब्रो चिप्लिएको क्षण थिएन-त्यो मनोवृत्तिको झल्को थियो ।
यस्तै प्रवृतिबाट वास्तविक चिन्ता सुरु भएको छ र हुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी आकस्मिक रूपमा उदाएको होइन। यो निराश जनमतको परिणाम हो । पुराना अनुहार, अधुरा बाचा र नफेरिएका राजनीतिक संस्कृतिबाट दिक्क भएका मतदाताले गरेको एउटा टेस्ट चेन्ज र नयाँ अपेक्षा चुनावमार्फत आएको सन्देश हो । विशेषगरी युवाका लागि, यो दलले ‘नयाँ सुरुवात’ को वाचा गरेर सत्तामा आएको हो । मतदाताले रास्वपालाई दूधले नुहाएको मनोविज्ञानमा चुनेको नभएर कांग्रेस, एमाले र माओवादीसँग प्रतिशोध साँध्न उठाएको वैकल्पिक अस्त्र हो ।
तर, चुनाव जित्नु र शासन चलाउनु फरक खेल हुन्। अहिले, राष्ट्रिय स्वतन्त्र पार्टी त्यो भिन्नता कठोर तरिकाले सिक्दैछ। पार्टीले लोकप्रिय अनुहारमा अत्यधिक निर्भरता देखाएको छ। चुनावका लागि यो प्रभावकारी रणनीति हुन सक्छ । तर शासनका लागि यो बान्छनीय योग्यताभित्र पर्दैन । शासकीयभन्दा पनि अब समन्वय क्षमता आधारभूत मानिन्छ ।
ओखलढुङ्गाका सांसद विश्वराज पोखरेल एक विद्यालयका प्रधानाध्यापकसँग कठोर र अपमानजनक शैलीमा प्रस्तुत भएपछि उनले माफी त मागे, तर उनको क्षयीकरण भइसकेको थियो। त्यो केवल जिब्रो चिप्लिएको क्षण थिएन-त्यो मनोवृत्तिको झल्को थियो ।
नेपालका लागि यो नयाँ भएपनि कथा नयाँ होइन। भारतको दिल्लीको आम आदमी पार्टीले पनि यही बाटो पार गरेको छ । तीव्र लोकप्रियतासँगै सत्तामा पुगेको पार्टीले छिट्टै हतारका निर्णय, टकराव र अनुभवहीनताका कारण आलोचना भोग्नुपर्यो । लोकप्रियता र तयारीबीचको खाडल प्रस्ट भयो– र त्यसको मूल्य चुकाउनुपर्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि उही संकेत देखिँदैछन् । गृहमन्त्री सुदन गुरुङको राजीनामा सामान्य घटना थिएन। यस्तो संवेदनशील मन्त्रालयमा अस्थिरताले एउटा सन्देश दिन्छ-तिमीहरुको आधार अझै बलियो भएको छैन है ।
अर्का मन्त्री दीपक साहलाई फिर्ता बोलाउने निर्णयले पनि प्रश्न उठायो । जवाफदेहिता आवश्यक छ। तर अस्पष्ट र अचानक निर्णयले विश्वास बढाउँदैनन, उल्टै शंका जन्माउँछन् ।
नीति निर्माणमा पनि उस्तै समस्या देखिन्छ। “ब्रिज कोर्स” प्रतिबन्ध गर्ने प्रयास राम्रो उद्देश्यबाट आएको हुनसक्छ । तर कार्यान्वयन हतारमा भयो । परामर्श सीमित रह्यो, र विरोध तुरुन्तै आयो । विद्यार्थी, अभिभावक र संस्थाहरू सबै असन्तुष्ट भए। अन्ततः निर्णय आंशिक रूपमा उल्ट्याइयो ।
यसले एउटा बलियो धारणा निर्माण गर्यो, पहिले घोषणा पछि सोच।
इटालीको फाइभ स्टार आन्दोलनले पनि यस्तै मूल्य चुकाएको थियो । तीब्र आकांक्षापछि सरकारमा पुगेको उक्त आन्दोलन आन्तरिक असंगति, नीतिगत कमजोरी र विवादास्पद अभिव्यक्तिका कारण कमजोर बन्यो । निष्कर्ष सरल छ– संरचना बिना गति टिक्दैन।
यही सन्दर्भमा सफल शासनको अर्को उदाहरणस्मरणीय छ।
सिंगापुरका ली क्वान यू आफ्नो अत्यन्त अनुशासित, व्यावहारिक र कहिलेकाहीँ अधिनायकवादी झल्को दिने खाले कार्यशैलीका लागि परिचित थिए। उनले परिणाममुखी काममा ध्यान केन्द्रित गरे । उनका लागि राजनीति भावनात्मक नाराभन्दा परिणाममुखी अभ्यास थियो । र उनले राजनीतिलाई प्रशासनिक र आर्थिक व्यवस्थापनबाट स्पष्ट रूपमा अलग राखे ।
उनले एकपटक भनेका थिए, “काम मिलाउन मैले केही कडा र अलोकप्रिय निर्णय लिनुपर्यो।” यसमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति र श्रम क्षेत्रमा स्थिरता कायम गर्न कडा कदम समावेश थिए।
सिंगापुरका ली क्वान यूले योग्यतामा आधारित शासन प्रणाली विकास गरे । उनको शैली सीधा थियो, कहिलेकाहीँ असहज लाग्ने व्यवहार गर्ने उनी भावनात्मक अपिलभन्दा स्पष्ट संवादमा विश्वास गर्थे । राष्ट्रिय स्वतन्त्र पार्टीकोजस्तो लोकप्रियता वा विश्वराज शैलीमा होइन ।
उनले योग्यतामा आधारित शासन प्रणाली विकास गरे । उच्च दक्षता भएका प्राविधिकलाई अगाडि ल्याए । स्वच्छ, सक्षम तथा परिणाममुखी निजामती सेवा निर्माण गरे । उनको शैली सीधा थियो, कहिलेकाहीँ असहज लाग्ने व्यवहार गर्ने उनी भावनात्मक अपिलभन्दा स्पष्ट संवादमा विश्वास गर्थे । राष्ट्रिय स्वतन्त्र पार्टीकोजस्तो लोकप्रियता वा विश्वराज शैलीमा होइन । समस्या जति बलवान छ, त्यतिनै गहिरो छ ।
शासन आवेगमा चल्दैन । नेपालको संघीय संरचना जटिल छ-कानुनी प्रक्रिया, संवैधानिक सीमा र तहगत समन्वय यसका मेरुदण्ड हुन् । यी बेवास्ता गरिए भने राम्रो नियतका नीतिहरू पनि असफल हुन्छन् ।
यहाँ मुद्दा नियत होइन-कार्यान्वयन हो ।
पर्याप्त अध्ययन, कानुनी परीक्षण र सरोकारवालासँगको संवादबिना, राम्रो विचार पनि विवादमा बदलिन्छ । यो सँगै मानसिकताको समस्या पनि उतिनै छ। राजनीतिमा शासन धैर्य, गहिराई र सुन्ने क्षमता चाहिन्छ । प्रतिक्रिया र आक्रामक चरित्र होइन । राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो संक्रमणसँग जुधिरहेको देखिन्छ।
रास्वपाको तीव्र विस्तारले चुनौती अझ बढाएको छ। संरचनाभन्दा छिटो वृद्धि हुँदा त्रुटिहरू हुन्छन् । कतिपय अवस्थामा कमजोर निर्णय र टार्न सकिने गल्तीले नेतृत्वको परीक्षाको थालनी हुन्छ ।
नेतृत्वले आफ्ना प्रतिनिधि, सांसद र पार्टी पंक्तिलाई केवल लोकप्रिय होइन, जिम्मेवार बनाउनु पर्छ । मतदाताले अनुहार होइन, संस्कार र संस्कृति रोजेका हुन् । ओखलढुङ्गा प्रकरण फेरि सम्झौ– सार्वजनिक पद शक्ति मात्र होइन, संयमको परीक्षण पनि हो । भाषा, व्यवहार र सम्मान नीतिभन्दा कम महत्त्वपूर्ण छैनन् ।
शासन आवेगमा चल्दैन । नेपालको संघीय संरचना जटिल छ-कानुनी प्रक्रिया, संवैधानिक सीमा र तहगत समन्वय यसका मेरुदण्ड हुन् । यी बेवास्ता गरिए भने राम्रो नियतका नीतिहरू पनि असफल हुन्छन् ।
त्यसैले अहंकार र गैरजिम्मेवारी लागि कुनै स्थान हुनु हुँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ‘राइट टु रिकल’ जस्ता प्रतिबद्धतालाई सम्झनुपर्ने हो कि ? जवाफदेहिता नारामा सीमित रहनु हुँदैन । यो व्यवहारमा पनि देखिनुपर्छ । नियम सबैका लागि समान हुनुपर्छ । अहिले परिस्थितिले विश्वसनीयता खाजीरहेको छ ।
रास्वपा अरु पुराना दलभन्दा फरक हुने भनेर मैदानमा आएको हो । तर यदि यो पार्टीको व्यवहार पुरानै दलको जस्तो भयो भने यसले प्रतिक्रियात्मकता र विवादास्पद आचरणमा शंका उत्पन्न गर्छ । अझ, विश्वास एकपटक खस्कियो भने पुनः निर्माण सजिलो हुँदैन।
तर यो अन्त्य होइन।
यी प्रारम्भिक दिनहरू हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले भर्खरै एक महिना बिताएको छ । नयाँ दलहरुले गल्ती गर्दैनन् भन्ने होइन, र गर्छन् पनि । फरक यति हो, गल्तीबाट सिक्नुपर्छ, दोहोर्याउनु हुँदैन ।
रास्वपासँग अहिले स्पष्ट विकल्प छ । प्रतिक्रियात्मक हुँदै विवादमा फस्ने, वा संस्थागत क्षमता निर्माण गर्दै अनुशासित शासनतर्फ अघि बढ्ने उसको निर्विकल्प बाटो हो । यसका लागि विशेषज्ञता, प्रक्रिया र जिम्मेवार नेतृत्वमा लगानी आवश्यक छ । लोकप्रियताभन्दा क्षमता माथि राख्न जरुरी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले भर्खरै एक महिना बिताएको छ । नयाँ दलहरुले गल्ती गर्दैनन् भन्ने होइन, र गर्छन् पनि । फरक यति हो, गल्तीबाट सिक्नुपर्छ, दोहोर्याउनु हुँदैन ।
यो सँगै, स्पष्ट र पारदर्शीता अपरिहार्य छ। सरकारले गरेका निर्णय जनतालाई बुझ्न पाउने अधिकार छ। अन्यथा, भ्रम नै कथा बन्छ। सुदन गुरुङ, दीपक साह र विश्वराज पोखरेलसँग जोडिएका घटना अलग–अलग होइनन् । ती संकेत हुन् ।
यदि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो गति जोगाउन चाहन्छ भने यसले रूपान्तरण गर्नैपर्छ । आवेगबाट तयारीतर्फ, प्रतिक्रियाबाट रणनीतितर्फ अबको बाटो हुनुपर्छ ।
नेपालको राजनीतिक मैदान अझै खुला छ। परिवर्तनप्रति विश्वास अझै बाँकी छ। तर विश्वासले मात्र शासन चल्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल संस्थागत अनुशासनमा ध्यान दिनुपर्छ ।
आचारसंहिता, प्रतिनिधिका लागि अनिवार्य तालिम र दुव्र्यवहारमाथि छिटो तथा निष्पक्ष कारबाही गर्ने संयन्त्र। साथै, समग्र प्रणालीमै जवाफदेहिता बलियो बनाइनुपर्छ, जसको कारण सबै सार्वजनिक पदाधिकारी समान मापदण्डमा बाँधिन सकून्।
अन्ततः, राष्ट्रिय स्वतन्त्र पार्टी कति ठूलो स्वरमा बोल्छ भन्ने होइन, कति जिम्मेवारीपूर्वक समन्वय गर्छ भन्ने आधारमा मूल्याङ्कन हुनेछ।













प्रतिक्रिया