साप्ताहिक ब्रिफिङ : रविलाई राहत, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, प्रधानमन्त्री संसद्मा नजाँदा आलोचनाले घेरिँदै, ओलीमाथि संकट, चरा उपाध्यक्ष विपक्षमा उभिए र युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण « Khabarhub

साप्ताहिक ब्रिफिङ : रविलाई राहत, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, प्रधानमन्त्री संसद्मा नजाँदा आलोचनाले घेरिँदै, ओलीमाथि संकट, चरा उपाध्यक्ष विपक्षमा उभिए र युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

रवि-जीबीलाई राहत दिँदै अदालतको व्याख्या- सहकारी पीडितको रकम फिर्ता न्यायको मूल उद्देश्य हो

जिल्ला अदालत कास्कीले सहकारी ठगीसम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने आदेश दिँदै पीडित बचतकर्ताको रकम फिर्ता गराउनु नै न्याय निरूपणको मुख्य उद्देश्य भएको व्याख्या गरेको छ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले दिएको आदेशमा कानुनी प्रक्रिया न्याय प्राप्तिको माध्यम भए पनि त्यसले ‘न्यायको मूल मर्मलाई पराजित गर्न नसक्ने’ उल्लेख गरिएको छ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नति स्थगन गर्न नेपालले पठायो औपचारिक पत्र

रवि, जीबी र छविसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न आदेश

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङमा परेका थप ७१ जना नेपालीको उद्धार गर्‍यौँ

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

राष्ट्रियसभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन

नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् ।

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा शुक्रबार बोलेका पाँच उपाध्यक्षमध्ये ४ जना ओलीको विपक्ष र एकजना पक्षमा देखिएका छन् ।

अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ?

एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु : प्रधानन्यायाधीश शर्माले

नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफावार छलफलका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

संसद्‍मा प्रधानमन्त्री खोज्दै विपक्षीको नाराबाजी

सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र

विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद्

रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानसहितका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानको आन्दोलन टुंगिएको छ।

सरकारका प्रतिनिधिसँग मंगलबार ५ बुँदे सहमतिसँगै उनको आन्दोलन रोकिएको हो ।

सहमति भएसँगै उनले आफ्नो अनशन २३ औं दिनमा टुंग्याएकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाइन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

अमेरिकी-इजरायली आक्रमणमा ध्वस्त भवन भित्रबाट ७२ सयलाई इरानले जीवितै निकाल्यो

इरानी रेड क्रिसेन्ट सोसाइटी (आईआरसीएस) ले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नवाशेषमा पुरिएका ७२०० भन्दा बढीलाई जीवितै निकालेको ।

संगठनले पहिलोपटक उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ।

आईआरसीएसले सामाजिक सञ्जलामा शेयर गरेको भिडियोमा आफ्ना उद्धारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नवाशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ।

धेरैजसो मानिसहरू धुलोले ढाकिएका अवस्थामा देखिन्छन्, जसलाई स्ट्रेचर र हातको सहाराले बाहिर निकालिएको छ।

गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

पोल्यान्डमा अमेरिकी सेना

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

इरानी सर्वोच्च नेताको आदेश : समृद्ध यूरेनियम अर्को देशमा लान नदिनू

कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने

होन्डुरसको पाम बगानमा नरसंहार, १९ जनाको मृत्यु

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

ट्रम्प र पुटिनपछि पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि चीन जाँदै
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताए ।

उनका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् । प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पारे ।

भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान

सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ?

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ७ : ५४ बजे

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग

गार्डिओला युगको अन्त्य हुँदा नयाँ युगतिर म्यानचेस्टर सिटी

म्यानचेस्टर– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले क्लब छाड्ने घोषणा गरेसँगै