बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त « Khabarhub

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ ।

भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो ।

२०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो । कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो भने तेस्रो पटकको म्याद आगामी असारसम्म छ ।

तेस्रो पटक थपिएको म्यादसम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै छ । दुई वर्षअघि ५० प्रतिशत सकिएको काम २४ महिनायता पाँच प्रतिशत मात्रै थपिएको छ । समयमै काम सक्न ताकेता गरे पनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताए ।

पटकपटक म्याद थपेर पनि निर्माण कम्पनीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गरेको बागलुङ– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउँछन् । ‘कछुवा गतिको कामले घरछेवैमा विशिष्टीकृत सेवा पाउने आशा निराशा परिणत हुँदै गएका छन्’, उनले भने, ‘ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाए ।’

सङ्घीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पतालको भवन निर्माण थालेको हो । अस्पतालको भवन समयमै बनेमा बलेवा क्षेत्रका पैयुँपाटा, नारायणस्थान, अमलाचौरसँगै भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

नगरपालिकाले १५ शय्याको अस्पताल बनाउने गरी १२ करोड ८७ लाखमा २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म चार करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताए ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, भवन निर्माण सम्पन्न भएमा एक एमजिडिपी डाक्टर, तीन मेडिकल अफिसर, चार स्टाफ नर्स, चार हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर सेवा दिने तयारी छ । अस्पतालका लागि स्वीकृत दरबन्दी भए पनि भवन निर्माण सम्पन्न नहुँदा माग गर्न नसकिएको खनालको भनाई छ ।

निर्माण कम्पनीका प्रमुख नरेश ओझाले पहिलो चरणमा बजेट अभाव हुँदा कामले गति लिन नसकेको बताए । नगरपालिकाबाट बजेट भुक्तानी भएमा पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिने ओझाको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले भने अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि निर्माण कम्पनीले कामै नगरेको तर्क गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : १३ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको