वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात « Khabarhub

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताए । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो ।

चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो ।

चालु आवमा ९६ करोड रुपैयाँको सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको चार हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

त्यसैगरी चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँको चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको तीन हजार ६१३ वटा विद्युतीय तीन पांग्रे सवारी आयात भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : २४ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम