सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक « Khabarhub

सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले साना सवारी साधनमा यात्रा गर्ने बालबालिकाको सुरक्षाका लागि नयाँ र कडा मापदण्ड प्रस्ताव गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सवारी दुर्घटनाबाट बालबालिकालाई जोगाउन विशेष सुरक्षा व्यवस्थासहितको निर्णय सार्वजनिक गरेका छन् ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार अब साना सवारी साधनमा १० वर्षभन्दा कम उमेरका वा १३५ सेन्टिमिटरभन्दा कम उचाइ भएका बालबालिकालाई अनिवार्य रूपमा पछाडिको सिटमा राख्नुपर्नेछ । ती बालबालिकालाई पछाडिको सिटमा पनि सुरक्षित बालमैत्री सिट मा मात्र राख्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ ।

मन्त्री लम्सालको यो निर्णयले साना सवारीको अगाडिको सिटमा बालबालिकालाई राख्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । “सवारी दुर्घटनाका बेला अगाडिको सिटमा रहेका बालबालिका बढी जोखिममा पर्ने देखिएकाले सुरक्षाका लागि यो कडाइ गरिएको हो,” मन्त्री लम्सालको निजी सचिवालयले भनेको छ ।

सडक सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्डलाई समेत ध्यानमा राखेर ल्याइएको यो नियम कार्यान्वयनमा आएपछि बालबालिकाको यात्रा थप सुरक्षित हुने विश्वास सरकारले लिएको छ । यो नियमको उल्लंघन गर्ने सवारी चालकलाई कानुन अनुसार कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : ३६ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम