ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको नाम, थर भने खुल्न नसकेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए । 

दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १२ : २३ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि