संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू) « Khabarhub

संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ ।

त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टी. यु गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरूको भनाइमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो । त्यसैले उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरिएको छ ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले अन्य मागहरू पनि अघि सारेका छन् । उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन् । 

साथै, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय फिर्ता लिन पनि माग गरेका छन्।

उक्त मागसहित विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको निर्णयप्रति आफ्नो असहमति प्रकट गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : २१ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी