बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पाकालीन आदेश « Khabarhub

बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पाकालीन आदेश


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश ढुङ्गानको एकल इजलासले बादी समुदायको कथामा आधारित भएर बनेको फिल्मको प्रदर्शन रोक्न मंगलबार आदेश जारी गरेको हो । यो फिल्म प्रदर्शनमा चार दिन मात्रै बाँकी छ ।

पक्ष विपक्षको छलफलका लागि अदालतले वैशाख २२ गतेलाई पेसी तोकेको छ ।

रोशनी नेपालीले यो फिल्म प्रदर्शनमा आए बादी समुदायको चरित्रमा क्षति पुग्ने भन्दै रिट दर्ता गरेकी थिइन् ।

षट्कोण आर्टस्ले निर्माण गरेको यस फिल्मको लेखक तथा निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ०० बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर