‘लालीबजार’को आज राखिएको प्रिमियर अदालतको आदेशले रद्द « Khabarhub

‘लालीबजार’को आज राखिएको प्रिमियर अदालतको आदेशले रद्द


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएको छ ।

मंगलबार साँझ राखिएको प्रिमियर अदालतको आदेशसँगै अन्तिम समयमा रोकिएको हो ।

वैशाख १८ लाई प्रदर्शन मिति तोकिएको यस फिल्मलाई मंगलबार अदालतले प्रदर्शन रोक्न आदेश जारी गरेको हो । प्रदर्शनको तीन दिनअघि आदेश जारी भएको हो ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी समुदायको कथा उठान गरेको छ । ‘नथिया कुप्रथा’को विषय यस फिल्ममा उजागर गर्न खोजिएको निर्माण पक्षले बताएको छ ।

यो फिल्मले उक्त समुदायको चरित्रबारे प्रश्न उठाउने भन्दै रोशनी नेपालीले रिट दर्ता गरेकी थिइन् ।

अदालतले छलफलका लागि दुवै पक्षले वैशाख २२ गते बोलाएको छ । यसले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा आउने सम्भावना टरेको देखिन्छ ।

अदालतको आदेशको पालना गर्दै निर्माण पक्षले अन्तिम समयमा आएर प्रिमियर रद्द गरेको हो । यस फिल्मको लेखक र निर्देशक यम थापा हुन् ।

षट्कोण आर्टस्को ब्यानरमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : २५ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र