रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु « Khabarhub

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले  स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ । 

युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाएका छन् ।

एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उनले पुष्टि गरेका छन् । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए देखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलहरूमा नियमित रूपमा बमबारी गरिरहेको जनाइएको छ ।

मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जाल मार्फत जनाए ।

मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ । रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्फोट भएको जनाइएको छ ।

गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमण पछि धेरै दिन सम्म उक्त तेल प्रशोधन केन्द्रमा  आगो लागेको जनाइएको छ । सुरक्षाको लागि अधिकारीहरूले स्थानीयवासीहरुलाई बाहिरी गतिविधि सीमित गर्न र घरमा झ्यालहरू बन्द गरेर आदेश दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ३६ बजे

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६