रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु « Khabarhub

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले  स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ । 

युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाएका छन् ।

एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उनले पुष्टि गरेका छन् । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए देखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलहरूमा नियमित रूपमा बमबारी गरिरहेको जनाइएको छ ।

मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जाल मार्फत जनाए ।

मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ । रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्फोट भएको जनाइएको छ ।

गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमण पछि धेरै दिन सम्म उक्त तेल प्रशोधन केन्द्रमा  आगो लागेको जनाइएको छ । सुरक्षाको लागि अधिकारीहरूले स्थानीयवासीहरुलाई बाहिरी गतिविधि सीमित गर्न र घरमा झ्यालहरू बन्द गरेर आदेश दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ३६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म