हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू « Khabarhub

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मतसम्भार गर्दैछन् । जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन् ।

हावाहुरीले उडाएका घर हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरू बताउँछन् । 

‘हुरीबतासले गाउँमा सबैजसोका घर उडायो । हुरीसँगै पानी परेर घरभित्रका सामान भिजायो’, पालुङ्टार–९ सिस्नेरीका सुरेश सुनारी मगरले भने, ‘गाउँमा विपद् परेको भोलिपल्टै हामीले एउटा डफ्फा बनायौँ । काठको काम जान्नेले काठको काम, छाना छाउन जान्नेले छानाको काम, विद्युत् वायरिङ जान्नेले वायरिङको काम, जसले जे जानेको छ त्यही काम गरेर सबैलाई मद्दत गरिरहेका छौँ ।’ 

युवाहरूको स्वयंसेवी अभियानले अहिलेसम्म गाउँका २५ भन्दा धेरैको घर मर्मतसम्भार गरिसकेको उनले बताए ।

गाउँमा तीनवटासम्म समूह बनाएर काम भइरहेको अर्का स्थानीय भक्तबहादुर रानामगर बताउँछन्। 

‘घरको क्षतिको अवस्था हेरेर धेरैजना चाहिने रहेछ भने धेरैजना मिलेर, थोरै चाहिन्छ भने त्यहीअनुसार दुई-तीनवटा समूह बनाएर घर मर्मतको काम गरिरहेका छौ’, उनले भने, ‘एउटा घर चाँडै नै मर्मतसम्भार भइसक्यो भने त्यो समूह पनि अर्कोमा थपिएर काम गर्छौँ । बिहानैदेखि साँझसम्म काम गरिरहेका छौँ ।’ 

गाउँले सबैजना विपद्मा परेकाले सबै मिलेर एकापसमा सहयोग गरिरहेको रानाले बताए । 

गत वैशाख ६ गते साँझपख चलेको हुरीबतासले पालुङटार नगरपालिका–९ मा ३८ घरको छाना उडाएको नगरपालिकाले जानकारी दिएको छ । वडा नं ८ मा आठ, वडा नं ७ मा १० र वडा नं ६ मा १३ घर उडाएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी बताउँछन्। वडा नं ९ को त्रिवेणी मावि र एउटा स्वास्थ्य संस्थासमेत उडाएको बिसीले जानकारी दिए।

पालिकाले तत्कालको समस्या समाधानका लागि त्रिपाल वितरण गरेको उनको भनाइ छ ।

‘अहिले लगत संकलन भर्खर सकिएको छ । केही दिनमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्ण क्षति भएकाहरूको घर पालिकाले मर्मत गरिदिने निर्णय गर्नेछौँ’, उनले भने।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ४ : ३९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई