जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ « Khabarhub

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख्दै नीति बन्नुपर्नेमा जोड दिएका छन् ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज हेटौँडामा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीयकरणसम्बन्धी नीति संवाद कार्यक्रममा उनले प्रदेशमा जबसम्म नीति कार्यक्रमलाई दिगो र प्रभावकारी तुल्याउने क्रममा राष्ट्रसेवक कर्मचारीहरूको इमान्दारी र कार्यान्वयन गर्ने इच्छा शक्ति प्रबल हुनुपर्ने बताए ।

उक्त नीति संवाद कार्यक्रममा सुशासनविज्ञ उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन र सुधारको मार्गचित्र र अर्का विज्ञ डा नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभूत चुनौतीहरू एवम् समाधानका बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेशसभाका विभिन्न समितिका सभापतिहरू, प्रदेशसभाका सदस्य तथा विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : ४७ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण