एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल « Khabarhub

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चीनसँग पराजित भएको इन्डोनेसिया भने अंकबिहीन छ ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । बुधबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२६ रनको लक्ष्य भेट्न नसक्दा चीन नेपालसँग १९ रनले पराजित भयो । पूरै २० ओभर खेल्दै चीन पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो ।

नेपाल र इन्डोनेसियाको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुँदैछ ।

मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो । समूह ‘बी’को नेपाल र चीनको समान दुई दुई अंक छ भने समूह ‘ए’को थाइल्यान्डले चार अंक जोडेको छ ।

समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ८ : ५६ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले