काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर) « Khabarhub

बकर इद

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाएका छन् । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ । यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन् । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ । तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन् ।

पर्वलाई धार्मिक मर्यादासहित सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सावधानी अपनाइएको छ । यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने प्रचलन रहेको छ ।

धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिनुपर्ने आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए । उनको निष्ठा र विश्वासबाट अल्लाह प्रसन्न भई अन्ततः मानवको सट्टा जन्नतमा पालिएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ । यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन् ।

धार्मिक विश्वासअनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए । सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो । अल्लाहले उनको विश्वास र धैर्यको परीक्षा लिन सपनामार्फत आदेश दिएको र अन्ततः उनको आस्था सफल भएको धार्मिक कथन छ ।

कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ९ : ०७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,