सुशासन कायम र ट्रेड युनियन अधिकार कायम राख्न मागसहित खबरदारी र्‍याली (तस्बिरहरू) « Khabarhub

सुशासन कायम र ट्रेड युनियन अधिकार कायम राख्न मागसहित खबरदारी र्‍याली (तस्बिरहरू)


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ । 

ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियानसहित प्रदर्शन गरेको हो । 

उनीहरूले ट्रेड युनियन अधिकार हनन गर्न पाइँदैन, राष्ट्रिय श्रम आयोग गठन गर, सहकारी पीडितलाई न्याय देऊ, उपदान पेन्सनमा लगाइएको कर खारेज गर, जिउन पुग्ने पारिश्रमिक कायम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानूनको समेत उलङ्घन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए । उनले ट्रेड युनियन अधिकारलाई विधिसम्मत ढंगले अघि बढाउन सरकारसँग छलफल गर्न आफूहरू तयार रहेको उल्लेख गरे । 

ट्रेड युनियन क्षेत्रमा कमीकमजोरी भए त्यसलाई सुधार गर्न तयार भएपनि सरकारले एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने उनले बताए । ट्रेड युनियन खोरेजीको विषयलाई अन्तराष्ट्रिय मञ्चमा समेत उठाउने  कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १२ : ३२ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित