बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल   « Khabarhub

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल मानिन्छ । अहिले बजारमा यसको उपलब्धता र माग पनि बढेको छ । तर साना बालबालिकाका लागि लिचीको जथाभाबी सेवन भने निकै जोखिमपूर्ण हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

झापाको बिर्तामोडस्थित पीटी बिर्तासिटी हस्पिटलकी कन्सल्टेन्ट पेडियाट्रिसियन तथा पेडियाट्रिक इन्डोक्रिनोलोजिस्ट डा.ज्योति अग्रवालका अनुसार खाली पेटमा लिची खाँदा बालबालिकामा रिफ्रेक्टरी हाइपोग्लाइसेमियाको साथ तीव्र एन्सेफ्यालोप्याथी हुन सक्छ, जसलाई आम भाषामा लिची विषाक्तता (लिची टक्सिसिटी ) भनिन्छ ।

लिची किन जोखिमपूर्ण हुन्छ 

लिचीमा प्राकृतिक रूपमै हाइपोग्लिसियन नामक विषाक्त तत्त्व पाइन्छ । यसले हाम्रो  स्वास्थ्यमा विभिन्न खालका नकारात्मक अशरहरु गर्ने डा. अग्रवालको भनाई छ उनका अनुसार यो तत्त्व खाली पेटमा जाँदा रगतमा भएको चिनी ग्लुकोजको मात्रालाई ह्वात्तै घटाइदिन्छ ।

साना बालबालिकाहरूको कलेजो र प्रतिरोधात्मक क्षमता परिपक्व भई नसक्ने भएकाले यसको असर निकै छिटो र गम्भीर रूपमा देखिन्छ ।

कुपोषण भएका बालबालिका, लामो समय खाली पेट रहनु र अत्यधिक मात्रामा लिची सेवन गर्नाले यो रोगको जोखिम झन् बढेर जाने जोखिम हुने उनले बताइन् ।

लक्षणहरू 

खानेकुरा खान मन नगर्ने वा वाकवाकी लाग्ने

चक्कर लाग्ने र अत्यधिक अल्छी लाग्ने

शरीरमा पसिना आउने (घामिततो जस्तो हुने)

आकस्मिक रूपमा शरीर झट्किने वा छारे रोग जस्तो काम्ने 

बेहोस हुने

बालबालिकामा यस्ता लक्षणहरू देखिएमा ढिला नगरी तुरुन्तै नजिकको अस्पताल लैजान डा.अग्रवालको सुझाव छ । 

कस्ता सावधानी अपनाउने 

लिचीबाट हुन सक्ने यो गम्भीर स्वास्थ्य समस्याबाट बचाउन अभिभावकहरूले निम्न सावधानीका उपायहरू अपनाउनु जरुरी छ ।

बालबालिकालाई लिची सधैँ खाना खाइसकेपछि मात्र दिने बानी बसालौँ । 

बिहान उठ्ने बित्तिकै वा लामो समय भोकै रहेको अवस्थामा लिची कहिल्यै खान दिनु हुँदैन ।

साना बालबालिकाहरूलाई एकपटकमा थोरै मात्रामा मात्र लिची खान दिने ।

धेरै मात्रामा एकैपटक लिची सेवन गराउनु हुँदैन ।

बालबालिकाहरूको पोषणयुक्त खाना र नियमित खानपानको तालिका सुनिश्चित गर्नुपर्छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १२ : ५३ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या