जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन « Khabarhub

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड रुपैयाँ बराबर सङ्कलन भएको छ । 

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।

गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । 

चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।

निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरिएको छ । 

बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् ।

निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनः बिमा अभिकर्ताले रोजगारी पाएका छन् ।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड

यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व छ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड रुपैयाँ बराबर छ ।

कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड रुपैयाँ बराबरको रकम लगानी गरेको छ । यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ ।

सर्वेक्षण अनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड रुपैयाँ बराबर पुगेको छ । सो अवधिमा बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ बराबर छ । 

कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ । ९१ अर्ब ५६ करोड रुपैयाँ बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ३ : १३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको