एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ « Khabarhub

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । 

छनोट प्रतियोगितामा समूह ए मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । यसअघि समूह ए मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टीमको माहौल निकै राम्रो रहेकाले सिंगापुरमा राम्रो नजिता आउने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने टोली एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन् । एसियन गेम्समा क्रिकेट प्रतियोगिता भने सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ । 

भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ४ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल