एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ « Khabarhub

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । 

छनोट प्रतियोगितामा समूह ए मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । यसअघि समूह ए मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टीमको माहौल निकै राम्रो रहेकाले सिंगापुरमा राम्रो नजिता आउने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने टोली एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन् । एसियन गेम्समा क्रिकेट प्रतियोगिता भने सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ । 

भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : ०३ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत