चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै « Khabarhub

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ। उत्तरी छिमेकी चीन नेपालमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा उभिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुन मसान्तसम्म स्वीकृत कुल वैदेशिक लगानीमध्ये चीनको मात्रै हिस्सा ४८ प्रतिशत पुगेको छ । यो भारत र अमेरिकासहित अरू सबै देशको भन्दा करिब ५० प्रतिशतले धेरै हो ।

नेपालमा लगानी गर्नेमध्ये दक्षिण छिमेकी भारतको हिस्सा १७.९ प्रतिशत छ। त्यसबाहेक अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४.१ प्रतिशत छ।

आर्थिक सर्वेक्षणअनुसार परियोजना संख्याका आधारमा पनि चीन अग्रस्थानमै छ। जम्मा स्वीकृत परियोजनामध्ये ४५.५ प्रतिशत चिनियाँ लगानीका छन् । भारतको हिस्सा ११.९ र अन्य मुलुकको ४२.६ प्रतिशत छ ।

अहिले नेपालमा विदेशी लगानी स्वचालित (अटोमेटिक) र अप्रुभलसहित दुई विधिमार्फत् स्वीकृत हुने व्यवस्था छ।

२०८२ फागुनसम्म उद्योग विभागमार्फत् अटोमेटिक रुटबाट ९ सय ६८ र अप्रुभलबाट ६ हजार ९ सय ८३ परियोजना स्वीकृत भएका छन् ।

आर्थिक सर्वेक्षणअनुसार जम्मा ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यसबाट करिब तीन लाख ६२ हजार ५ सय ४५ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ फागुनसम्म मात्रै ५ सय ५४ परियोजनामा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये अटोमेटिक रुटबाट ३ सय ७७ तथा अप्रुभलतर्फ १ सय ७७ छन् ।

गत आर्थिक वर्षको यही अवधिमा ४ सय २७ उद्योगमा ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । यसले परियोजनाको संख्या बढे पनि लगानी रकम केही घटेको देखाएको छ।

क्षेत्रगत रूपमा सेवातर्फ सबैभन्दा धेरै २८.३ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ । ऊर्जा क्षेत्रमा २३.०३ प्रतिशत तथा उत्पादनमूलक क्षेत्रमा १३.१८ प्रतिशत छ ।

खनिज उद्योगमा सबैभन्दा थोरै १.३ प्रतिशतमात्रै विदेशी लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नेपालमा सुन र फलामसहितका खानी भए पनि सरकारले प्रष्ट नीति नबनाउँदा उत्खनन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : ०२ बजे

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही