कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै « Khabarhub

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति सुरक्षा चिन्ताका कारण हटाइने भएको छ ।

कोलकातामा रहेको उक्त मूर्तिमा मेस्सीले विश्वकप ट्रफी उचालेको दृश्य देखाइएको छ । यो मूर्ति अर्जेन्टिनाले सन् २०२२ मा जितेको विश्वकपको सम्झनामा निर्माण गरिएको थियो ।

गत वर्ष डिसेम्बरमा अर्जेन्टिनी स्टार मेस्सी आफ्नो ‘गोट टुर’ का क्रममा लुइस स्वारेज र रोड्रिगो डी पाउलसँग भारत भ्रमणमा रहेका बेला यो मूर्ति निर्माण गरिएको थियो ।

सोमबार स्थानीय बासिन्दाले मूर्ति हावामा हल्लिएको देखिएपछि सार्वजनिक निर्माण विभागमा गुनासो गरेका थिए । निरीक्षणपछि मूर्तिको संरचनात्मक अवस्था कमजोर रहेको निष्कर्ष निकालिएको थियो । त्यहीकारण हटाउने निर्णय गरिएको जनाइएको छ ।

पश्चिम बंगालका विधायक शरद्वत मुखर्जीले भने, ‘अर्जेन्टिनी फुटबलका दिग्गजको मूर्ति सुरक्षित देखिएन । हामीले हावामा मूर्ति हल्लिएको पाएका छौँ ।’

२७ दिन लगाएर निर्माण गरिएको उक्त मूर्ति फुटबल खेलाडीको सबैभन्दा अग्लो मूर्तिमध्ये एक मानिएको थियो । अधिकारीहरूले अहिले मूर्तिलाई पुनःस्थापना गर्न उपयुक्त वैकल्पिक स्थानको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ४ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण