कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै « Khabarhub

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति सुरक्षा चिन्ताका कारण हटाइने भएको छ ।

कोलकातामा रहेको उक्त मूर्तिमा मेस्सीले विश्वकप ट्रफी उचालेको दृश्य देखाइएको छ । यो मूर्ति अर्जेन्टिनाले सन् २०२२ मा जितेको विश्वकपको सम्झनामा निर्माण गरिएको थियो ।

गत वर्ष डिसेम्बरमा अर्जेन्टिनी स्टार मेस्सी आफ्नो ‘गोट टुर’ का क्रममा लुइस स्वारेज र रोड्रिगो डी पाउलसँग भारत भ्रमणमा रहेका बेला यो मूर्ति निर्माण गरिएको थियो ।

सोमबार स्थानीय बासिन्दाले मूर्ति हावामा हल्लिएको देखिएपछि सार्वजनिक निर्माण विभागमा गुनासो गरेका थिए । निरीक्षणपछि मूर्तिको संरचनात्मक अवस्था कमजोर रहेको निष्कर्ष निकालिएको थियो । त्यहीकारण हटाउने निर्णय गरिएको जनाइएको छ ।

पश्चिम बंगालका विधायक शरद्वत मुखर्जीले भने, ‘अर्जेन्टिनी फुटबलका दिग्गजको मूर्ति सुरक्षित देखिएन । हामीले हावामा मूर्ति हल्लिएको पाएका छौँ ।’

२७ दिन लगाएर निर्माण गरिएको उक्त मूर्ति फुटबल खेलाडीको सबैभन्दा अग्लो मूर्तिमध्ये एक मानिएको थियो । अधिकारीहरूले अहिले मूर्तिलाई पुनःस्थापना गर्न उपयुक्त वैकल्पिक स्थानको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : १९ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता