प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी « Khabarhub

प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वतस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले प्रदर्शनको २१ औं दिनमा पनि उच्च संख्यामा दर्शकलाई हलमा तानेको छ ।

बिहीबार इदको सार्वजनिक बिदालाई यो फिल्मले उच्च उपभोग गरेको हो ।

प्रदर्शनको तेस्रो सातामा पनि यो फिल्मको दर्जनभन्दा बढी शो हाउसफुल भएको पाइएको छ । यतिका दिनपछि पनि शो हाउसफुल हुन भनेको फिल्मलाई दर्शकले मन पराएको संकेत हो ।

प्रदर्शनको तीन सातापछि दर्जनभन्दा बढी शो हाउसफुल कमै फिल्मको देख्न पाइन्छ ।

कानुनी झमेलाका कारण सुरुवातामा व्यापारिक अन्योलमा परेको यो फिल्म सकारात्मक वर्ड अफ माउथका कारण पछिल्ला दिनमा पनि उच्च अकुपेन्सी गर्न सफल भएको छ ।

अबका लगातर तीन सार्वजनिक बिदा उपभोग गर्न सकेमा यो फिल्मको व्यापार १० करोड पुग्ने देखिन्छ ।

वैशाख २५ देखि जेठ ९ सम्म यस फिल्मले झन्डै करोड व्यापार गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : ४७ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी