प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी « Khabarhub

प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वतस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले प्रदर्शनको २१ औं दिनमा पनि उच्च संख्यामा दर्शकलाई हलमा तानेको छ ।

बिहीबार इदको सार्वजनिक बिदालाई यो फिल्मले उच्च उपभोग गरेको हो ।

प्रदर्शनको तेस्रो सातामा पनि यो फिल्मको दर्जनभन्दा बढी शो हाउसफुल भएको पाइएको छ । यतिका दिनपछि पनि शो हाउसफुल हुन भनेको फिल्मलाई दर्शकले मन पराएको संकेत हो ।

प्रदर्शनको तीन सातापछि दर्जनभन्दा बढी शो हाउसफुल कमै फिल्मको देख्न पाइन्छ ।

कानुनी झमेलाका कारण सुरुवातामा व्यापारिक अन्योलमा परेको यो फिल्म सकारात्मक वर्ड अफ माउथका कारण पछिल्ला दिनमा पनि उच्च अकुपेन्सी गर्न सफल भएको छ ।

अबका लगातर तीन सार्वजनिक बिदा उपभोग गर्न सकेमा यो फिल्मको व्यापार १० करोड पुग्ने देखिन्छ ।

वैशाख २५ देखि जेठ ९ सम्म यस फिल्मले झन्डै करोड व्यापार गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ४ : ४७ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम