संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय « Khabarhub

संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको आज बसेको बैठकमा संसद्मा आगामी रणनीति, आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने बजेटका विषयमा विस्तृत छलफल गरिएको बताइन्। उनका अनुसार संसद्मा पार्टीको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने विषय बैठकको मुख्य एजेन्डा थियो।

उनीले संसदीय दलको कार्यसमितिमा रिक्त रहेका केही पदमा पूर्णता दिने विषयमा पनि छलफल भएको जानकारी दिए। साथै संसद्का विषयगत समितिहरूको अध्ययन तथा समन्वयका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा समेत बैठकमा विचारविमर्श गरिएको उनले बताइन्।

बैठकमा गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक भएको विषयमा पनि छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ५ : ५३ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ