संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय « Khabarhub

संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको आज बसेको बैठकमा संसद्मा आगामी रणनीति, आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने बजेटका विषयमा विस्तृत छलफल गरिएको बताइन्। उनका अनुसार संसद्मा पार्टीको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने विषय बैठकको मुख्य एजेन्डा थियो।

उनीले संसदीय दलको कार्यसमितिमा रिक्त रहेका केही पदमा पूर्णता दिने विषयमा पनि छलफल भएको जानकारी दिए। साथै संसद्का विषयगत समितिहरूको अध्ययन तथा समन्वयका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा समेत बैठकमा विचारविमर्श गरिएको उनले बताइन्।

बैठकमा गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक भएको विषयमा पनि छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन्।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ५ : ५३ बजे

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा