कालिगण्डकीमा खसेर बालक बेपत्ता « Khabarhub

कालिगण्डकीमा खसेर बालक बेपत्ता


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेश कुमार मल्लसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालिपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली वेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन् । म्याग्दीका साथै पर्वतस्थित कालीगण्डकी नदी किनारमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ८ : ४८ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी