परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले बिहीबार उपविदेशमन्त्री हुकरसँग टेलिफोन वार्ता गरेका हुन् ।

उपविदेशमन्त्रीले कुराकानीको क्रममा खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन् । साथै, नेपाल सरकारसँग नजिकबाट काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री खनालले बधाई सन्देशको लागि आभार व्यक्त गरे । उनले नेपालको समग्र विकासमा निरन्तर सहयोगको लागि अमेरिकी सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गरे ।

‘पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत सुशासन र आर्थिक वृद्धि सरकारको प्राथमिकतामा छ,’ टेलिफोन वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले उपविदेशमन्त्रीसँग भनेका थिए ।

उपविदेशमन्त्रीले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकासको प्राथमिकताको प्रशंसा गरे र यस प्रक्रियामा अमेरिकी सहयोगको प्रतिबद्धता दोहोर्‍याइन् ।

परराष्ट्रमन्त्री र उपविदेशमन्त्रीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आठ दशक लामो सम्बन्धको बारेमा छलफल गरेका थिए । पारस्परिक हितका लागि द्विपक्षीय र बहुपक्षीयस्तरमा सहयोगलाई अझ सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  १० : ४५ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित