विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ? « Khabarhub

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

अर्जेन्टिना र केप भर्डे तथा पोर्चुगल र क्रोएसिया आमनेसामने, यस्तो छ खेल तालिका


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘अन्तिम ३२’ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ । उपाधि दाबेदार राष्ट्र आ-आफ्नो प्रतिद्वन्द्वीसँग मैदानमा उत्रिन तयार भएसँगै नकआउट चरणका रोमाञ्चक भिडन्त तय भएका हुन् ।

तालिकाअनुसार जुन २८ तारिख आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडाबीचको खेलबाट नकआउट चरणको सुरुवात हुनेछ । जुन २९ सोमबार दुई खेल हुनेछन्, जसमा ह्युस्टन स्टेडियममा ब्राजिलले जापानको सामना गर्नेछ भने बोस्टन स्टेडियममा जर्मनी र प्याराग्वेबीच भिडन्त हुनेछ ।

यसैगरी, जुन ३० मंगलबार तीन खेल तय भएका छन् । डलास स्टेडियममा आइभोरी कोस्टले नर्वेसँग खेल्दा न्यूयोर्क न्यूजर्सी स्टेडियममा फ्रान्स र स्वीडेन आमनेसामने हुनेछन् । सोही दिनको अन्तिम खेलमा नेदरल्यान्ड्सले एस्टाडियो मोन्टेरीमा मोरक्कोको चुनौती सामना गर्नेछ ।

जुलाई १ तारिक बुधबार एटलान्टा स्टेडियममा इङ्गल्याण्डले कंगो डिआरसँग, सिएटल स्टेडियममा बेल्जियमले सेनेगलसँग र मेक्सिको सिटी स्टेडियममा मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन् ।

जुलाई २ बिहीबार साबिक विजेता स्पेनले लस एन्जलस स्टेडियममा अस्ट्रियाको सामना गर्दा संयुक्त राज्य अमेरिकाले सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बोस्निया-हर्जगोभिनासँग खेल्नेछ ।

यस्तै, जुलाई ३ शुक्रबार टोरन्टो स्टेडियममा पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने बिसी प्लेस भ्यानकुभरमा स्विट्जरल्याण्ड र अल्जेरिया भिड्नेछन् । सोही दिन डलास स्टेडियममा अष्ट्रेलियाले इजिप्टको सामना गर्दा मियामी स्टेडियममा अर्जेन्टिना र केप भर्डेबीच प्रतिस्पर्धा हुनेछ । यस चरणको अन्तिम खेल जुलाई ४ शनिबार कान्सास सिटी स्टेडियममा कोलम्बिया र घानाबीच हुने छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : २७ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप