विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ? « Khabarhub

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

अर्जेन्टिना र केप भर्डे तथा पोर्चुगल र क्रोएसिया आमनेसामने, यस्तो छ खेल तालिका


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘अन्तिम ३२’ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ । उपाधि दाबेदार राष्ट्र आ-आफ्नो प्रतिद्वन्द्वीसँग मैदानमा उत्रिन तयार भएसँगै नकआउट चरणका रोमाञ्चक भिडन्त तय भएका हुन् ।

तालिकाअनुसार जुन २८ तारिख आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडाबीचको खेलबाट नकआउट चरणको सुरुवात हुनेछ । जुन २९ सोमबार दुई खेल हुनेछन्, जसमा ह्युस्टन स्टेडियममा ब्राजिलले जापानको सामना गर्नेछ भने बोस्टन स्टेडियममा जर्मनी र प्याराग्वेबीच भिडन्त हुनेछ ।

यसैगरी, जुन ३० मंगलबार तीन खेल तय भएका छन् । डलास स्टेडियममा आइभोरी कोस्टले नर्वेसँग खेल्दा न्यूयोर्क न्यूजर्सी स्टेडियममा फ्रान्स र स्वीडेन आमनेसामने हुनेछन् । सोही दिनको अन्तिम खेलमा नेदरल्यान्ड्सले एस्टाडियो मोन्टेरीमा मोरक्कोको चुनौती सामना गर्नेछ ।

जुलाई १ तारिक बुधबार एटलान्टा स्टेडियममा इङ्गल्याण्डले कंगो डिआरसँग, सिएटल स्टेडियममा बेल्जियमले सेनेगलसँग र मेक्सिको सिटी स्टेडियममा मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन् ।

जुलाई २ बिहीबार साबिक विजेता स्पेनले लस एन्जलस स्टेडियममा अस्ट्रियाको सामना गर्दा संयुक्त राज्य अमेरिकाले सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बोस्निया-हर्जगोभिनासँग खेल्नेछ ।

यस्तै, जुलाई ३ शुक्रबार टोरन्टो स्टेडियममा पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने बिसी प्लेस भ्यानकुभरमा स्विट्जरल्याण्ड र अल्जेरिया भिड्नेछन् । सोही दिन डलास स्टेडियममा अष्ट्रेलियाले इजिप्टको सामना गर्दा मियामी स्टेडियममा अर्जेन्टिना र केप भर्डेबीच प्रतिस्पर्धा हुनेछ । यस चरणको अन्तिम खेल जुलाई ४ शनिबार कान्सास सिटी स्टेडियममा कोलम्बिया र घानाबीच हुने छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : २७ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम