घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो « Khabarhub

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

मोड्रिचको पासमा भ्लासिचले गरे संकटमोचन


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले घानालाई २–१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

शनिबार फिलाडेल्फियामा भएको समूह ‘एल’ को निर्णायक खेलमा ज्लाट्को डालिचको टोली क्रोएसियालाई अर्को चरणमा पुग्न हारबाट जोगिनु पर्ने समीकरण थियो । खेल सकिन सात मिनेट बाँकी छँदा भ्लासिचले हेडिङमार्फत गोल गरेपछि क्रोएसिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । यसै समूहको अर्को खेलमा पनामालाई हराएको इंग्ल्यान्ड समूह विजेता बन्यो ।

यसअघि नै अर्को चरणमा स्थान सुरक्षित गरिसकेको घाना विरुद्ध खेलको ३१ औं मिनेटमा पेटार सुचिचले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । माटिओ कोभाचिचको पासलाई नियन्त्रणमा लिँदै इन्टर मिलानका मिडफिल्डर सुचिचले बललाई पोस्टको तल्लो कुनामा भित्र्याएका थिए ।

पहिलो हाफमा दबाबमा परेको घाना दोस्रो हाफमा भने आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ७३ औं मिनेटमा अर्नेस्ट नुआमाको पासमा डिफेन्डर डेरिक लुकासेनले हेडिङमार्फत गोल गर्दै घानालाई १–१ को बराबरीमा ल्याए । सो गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले झण्डै चार मिनेटको ‘अफसाइड’ जाँचपछि मात्र मान्यता दिएको थियो ।

बराबरीपछि घानाले खेलमा पकड बनाउन खोजे पनि ८३ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिचको उत्कृष्ट क्रसमा निकोला भ्लासिचले हेडिङमार्फत गोल गर्दै टोलीको जित पक्का गरे । यो हारका बाबजुद घाना तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूमध्ये एक बन्दै अन्तिम ३२ मा पुग्न सफल भएको छ । क्रोएसियाको यो जितसँगै समूह चरणबाटै स्कटल्यान्ड बाहिरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ३० बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान