पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा « Khabarhub

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङघम र ह्यारी केनले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै पाँच मिनेटको अन्तरालमा दुई गोल गरेको थियो ।

खेलको ६२ औं मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै ६७ औं मिनेटमा कप्तान ह्यारी केनले बेलिङघमकै पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यस गोलसँगै केन विश्वकपमा इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडीसमेत बनेका छन् ।

‘पहिलो लक्ष्य पूरा भयो’
खेलपछि कुरा गर्दै गोलकर्ता जुड बेलिङघमले टोलीको पहिलो लक्ष्य पूरा भएको बताएका छन् ।

“हाम्रो पहिलो काम पूरा भएको छ । हामी यहाँ चरणबद्ध रूपमा अघि बढ्ने लक्ष्यका साथ आएका थियौं । सुरुवाती खेलहरू राम्रो रह्यो र हामीले समूह विजेता बन्दै अर्को चरणमा पुग्ने पहिलो लक्ष्य हासिल गर्‍यौं,” बेलिङघमले भने, “हामी कुन स्तरमा छौं र के हासिल गर्न चाहन्छौं भन्ने कुरामा स्पष्ट छौं, जुन दोस्रो हाफको प्रदर्शनले देखायो । हामीले हरेक दिन सुधार गर्दै जानुपर्छ र यो हाम्रै हातमा छ ।”

कप्तान ह्यारी केनको कीर्तिमानबारे बोल्दै उनले थपे, “उहाँले आफ्नो स्तरलाई लगातार माथि लैजानु भएको छ, जुन अविश्वसनीय छ । कप्तानका रूपमा उहाँले गर्ने मिहिनेत र नेतृत्व प्रशंसनीय छ । उहाँको क्षमता आफैंमा प्रष्ट छ, उहाँ उत्कृष्ट हुनुहुन्छ ।”

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ५४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप