विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा « Khabarhub

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

कप्तान मेसीलाई आराम दिँदै अर्जेन्टिना मैदानमा, पहिलो अङ्कको खोजीमा जोर्डन


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनको सामना गरिरहेको छ । टेक्ससको डल्लास स्टेडियममा जारी खेल अहिले चलिरहँदा दुवै टोलीबाट गोल हुन सकेको छैन र खेल ०–० को स्थितिमा छ ।

यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले आजको खेलमा आफ्नो टोलीमा व्यापक परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले हालसम्म विश्वकपमा अर्जेन्टिनाले गरेका सबै ५ गोल (अल्जेरिया विरुद्ध ह्याट्रिक र अस्ट्रिया विरुद्ध दुई गोल) गरेका कप्तान लियोनेल मेसीलाई सुरुआती ११ मा सामेल नगरी बेन्चमा राखेका छन् ।

भर्खरै ३९ वर्षमा प्रवेश गरेका मेसीको कार्यभार व्यवस्थापन गर्न र अन्य खेलाडीलाई अवसर दिन स्कालोनीले यो निर्णय लिएका हुन् । अर्जेन्टिनाले अन्तिम ३२ मा केप भर्डेको सामना गर्ने तय भइसकेको छ ।

विश्वकपमा पहिलो पटक डेब्यु गरेको जोर्डन यसअघिका दुवै खेल (अस्ट्रियासँग ३–१ र अल्जेरियासँग २–१) मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । प्रतिष्ठाको लडाइँ लडिरहेको जोर्डन बलियो अर्जेन्टिनालाई रोक्दै आफ्नो ऐतिहासिक विश्वकप यात्राको सुखद अन्त्य गर्ने योजनामा छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : ५९ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम