अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा « Khabarhub

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

खेलको १९ र ३१ औं मिनेटमा गोल गर्दै अर्जेन्टिना २-० ले अगाडि


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको छ ।

टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका हुन्।

यस खेलमा नियमित कप्तान लियोनेल मेसी बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले सुरुदेखि नै जोर्डनमाथि दबाब कायम राखेको थियो ।

यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना यस खेलमा पनि जित निकाल्दै शतप्रतिशत नतिजाका साथ समूह चरणको अन्त्य गर्ने योजनामा देखिन्छ । जोर्डन भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०९ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको