अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा « Khabarhub

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

खेलको १९ र ३१ औं मिनेटमा गोल गर्दै अर्जेन्टिना २-० ले अगाडि


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको छ ।

टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका हुन्।

यस खेलमा नियमित कप्तान लियोनेल मेसी बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले सुरुदेखि नै जोर्डनमाथि दबाब कायम राखेको थियो ।

यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना यस खेलमा पनि जित निकाल्दै शतप्रतिशत नतिजाका साथ समूह चरणको अन्त्य गर्ने योजनामा देखिन्छ । जोर्डन भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०९ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप