इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का « Khabarhub

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

नाटकीय गोलले अस्ट्रिया हारबाट जोगियो, अल्जेरियासँग ३–३ को बराबरी


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले अल्जेरियासँग ३–३ गोलको नाटकीय बराबरी खेल्दै विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको छ ।

रोमाञ्चक खेलको इन्जुरी समयमा मैदान छिरेका सब्स्टिच्युट खेलाडी तथा उल्भ्सका स्ट्राइकर सासा कालाज्दिचले हेडमार्फत गोल गर्दै अस्ट्रियालाई हारबाट जोगाएका हुन् । बायाँबाट आएको क्रसलाई पेनाल्टी बक्समा हेडमार्फत मिलाइदिएपछि कालाज्दिचले त्यसलाई जाली चुमाएका थिए ।

यो बराबरीसँगै अस्ट्रिया समूहको दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । नकआउट चरणको अन्तिम ३२ मा अस्ट्रियाले अब बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्नेछ भने अल्जेरियाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ९ : ५४ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा