भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै « Khabarhub

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । साल्पासिलिछो गाउँपालिका–६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयका लागि यो पुल दीर्घकालीन समाधानका रूपमा हेरिएको स्थानीय खगेन्द्र राईले बताए । उनका अनुसार विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत गर्न जोखिम हुने गरेको थियो । ‘पुल नहुँदा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या थियो । अब पुल बनेपछि सहज हुने आशा गरेका छौँ’, उनले भने ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब चार करोड ९४ लाख ४५ हजार ४५६ लागतमा पुल निर्माण भइरहेको छ । हालसम्म पिलरसहित विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन् ।

एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर हुने उनले जानकारी दिए । ‘ओपन फाउन्डेसन प्रविधि’मा निर्माण भइरहेको उक्त पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यालय प्रमुख रेड्डीले विश्वास व्यक्त गरे ।

यसअघि पुल अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवतीलाई आवागमनमा समस्या हुनाका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सास्ती हुँदै आएको थियो ।

वर्षायाममा खोला तर्नै नसकिने अवस्था हुँदा दैनिक जीवन प्रभावित हुने गरेको स्थानीय डिल्लीराम बस्नेतले बताए । पुल निर्माण सम्पन्न भएपछि यहाँ उत्पादित कृषि उपजको सहज बजारीकरणसँगै व्यापार व्यवसायमा सहजता हुने उनले विश्वास व्यक्त गरे ।

२०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल २०८४ असोजसम्म सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको छ । पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : १५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना